>

पोखरामा अलपत्र यात्रुलाई स्कर्टिङबाटै गन्तव्यमा पुर्‍याइँदै

काठमाडौ । गण्डकीमा सरकारसँग विभिन्न माग राखेर यातायात व्यवसायी आन्दोलनमा उत्रिएपछि मुग्लिनमा यात्रु अलपत्र परेका छन । आन्दोलनका कारण पोखरामा अलपत्र परेका यात्रुलाई आइतबार पनि स्कर्टिङ गरेर गन्तव्यसम्म पठाइएको छ ।

सार्वजनिक यातायात बचाउ संघर्ष समिति गण्डकी प्रदेशले जेठ १६ गते देखि गण्डकी प्रदेशमा सार्वजनिक यातायात बन्द गरेको छ । जसका कारण पोखरामा अलपत्र परेका यात्रुहरूलाई आइतबार बिहान २५ वटा पर्यटक बसमा स्कर्टिङ गरेर गन्तव्यतर्फ पठाइएको छ ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ कालिका गण कास्की र नेपाल प्रहरीको संयुक्त टोलीले पोखराबाट जिल्लाको सिमाना कोत्रेसम्म स्कर्टिङ गरेको छ । यस्तै त्यहाँबाट नम्बर २३ मनकामना गण तनहुँले नेपाल प्रहरीसहित स्कर्टिङ गरेर मुग्लिनसम्म पठाउने गरी योजना बनाएको छ । शनिबार पनि करिब ९९ यात्रुलाई यसैगरी स्कर्टिङ गरिएको थियो ।

गण्डकी प्रदेश सरकारले ल्याएको ‘राइड सेयरिङ’ सम्बन्धी नियमावलीको विरोधमा यातायात व्यवसायीले प्रदेशभर सार्वजनिक यातायात ठप्प पारेका हुन् ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

2 thoughts on “पोखरामा अलपत्र यात्रुलाई स्कर्टिङबाटै गन्तव्यमा पुर्‍याइँदै

Leave a Reply

Your email address will not be published. Required fields are marked *