>

राजावादीको प्रदर्शनमा प्रहरीको लाठी प्रहार, कमल थापासहित ६ जना पक्राउ

काठमाडौं । राजसंस्था पुनस्र्थापना र हिन्दु राज्य कायम गर्नुपर्ने माग राख्दै संयुक्त जनआन्दोलन समितिको अगुवाइमा राजावादी समूहले आज पनि काठमाडौँमा प्रदर्शन गरिरहेका छन् । आज राजधानीको नारायणचौर क्षेत्रमा राजतन्त्र समर्थकहरुले ब्यानरसहित प्रदर्शन गरिरहेका हुन् ।

प्रदर्शनका क्रममा प्रहरीकाे लाठी प्रहारबाट राजावादी समथर्क घाइते भएका छन्। आन्दोलनकारीका तर्फबाट बोतल हानेकाे भन्दै प्रहरीले लाठी चार्ज गर्दा घाइते भएका छन् । अन्यलाई केहीलाई पनि लाठी चार्ज भएकाे र उनीहरूकाे रेडक्रसकाे टिमले उद्धार गरी उपचार गरिरहेकाे छ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

कमल थापासहित ६ जना राजावादी पक्राउ
निषेधित क्षेत्र तोड्न खोजेको भन्दै प्रपा नेपालका अध्यक्ष कमल थापासहित ६ जना राजावादी पक्राउ परेका छन् । नक्साल, नारायणचौरवाट वालुवाटारतर्फ जान खोज्दा थापासहित ६ जना राजावादी पक्राउ परेका हुन् ।

राप्रपा नेपालका अनुसार यसरी पक्राउ पर्नेमा थापासहित शिला राणा, राकेश बस्नेत, रामचन्द्र लामिछाने, विनोद कपाली र सरोज तिमिल्सिना रहेका छन् । उनीहरूलाई काठमाडौं जिल्ला प्रहरी परिसर, भद्रकालीको हिरासतमा राखिएको छ ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

2 thoughts on “राजावादीको प्रदर्शनमा प्रहरीको लाठी प्रहार, कमल थापासहित ६ जना पक्राउ

Leave a Reply

Your email address will not be published. Required fields are marked *