काठमाडौं । एमाले युवासंघको नयाँ नेतृत्व चयन गर्न मतदान जारी छ । शुक्रबारदेखि पोखरामा जारी १०औं महाधिवेशनमा ढिला गरी निर्वाचन भएको हो । अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीले वर्तमान अध्यक्ष क्षितिज थेबेलाई निरन्तरता दिन दबाब दिएका थिए ।
शुक्रबार अधिवेशन उदघाटन गर्दै ओलीले थेबेको नाम नलिए पनि सर्वसम्म नेतृत्व चुन्न प्रतिनिधिलाई आग्रह गरेका थिए । अध्यक्षका अन्य आकांक्षी पछि हटे पनि उपाध्यक्ष सुमन पुरीले निर्वाचनबाट नेतृत्व चुन्नुपर्ने अडान छाडेनन् ।
अन्ततः बेथे र पुरी प्यानल बनाएर निर्वाचनमा भिडेका हुन् । युवा संघ इन्चार्ज ४२ वटा भोटिङ मेसिनमा ९ वटा बुथ राखेर मतदान भइरहेको छ ।
थेबेलाई अध्यक्ष ओलीका साथै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, महेश बस्नेत लगायतको समर्थन छ । पुरीलाई एमाले राजनीतिमा फर्कने तयारीमा रहेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको साथ छ ।
ओली पक्षका नेताहरु थेबे र भण्डारी पक्षका नेताहरु पुरीको पक्षमा खुलेरै मत मागिरहेका छन् ।
अध्यक्षका उम्मेदवार थेबेको प्यानलबाट उपाध्यक्षमा महाराजा गुरुङ र विनय शाही, महासचिवमा महेश चौलागाई र , उपमहासचिवमा उपेन्द्र शाही, खुला सचिवमा मदन भण्डारी, देवु बस्नेत, महिला सचिवमा निशा लिम्बु र मधेशी सचिवमा मोबिन आलमले उम्मेदवार छन् ।
पुरीको प्यानलबाट उपाध्यक्षमा पर्वत भण्डारी, प्रकाश गौतम, महासचिवमा कुवेर अधिकारी, उपमहासचिवमा खेमराज शर्मा, खुला सचिवमा ध्रुव खड्का र अरुण कुँवर, महिला सचिवमा रेशु तामाङर मधेशी सचिवमा चितरञ्जन यादव उम्मेदवार बनेका छन् ।
१ हजार ९ सय ३९ प्रतिनिधि मतदानमा सहभागी हुनेछन् ।
https://shorturl.fm/A5ni8