>

प्रधानमन्त्रीसहित कांग्रेस–एमालेका शीर्ष नेताहरु बालुवाटरमा

काठमाडौं । समसामयिक राजनीतिक घटनाक्रम लगायतका विषयमा छलफल गर्न सत्तारुढ दल नेपाली काँग्रेस र नेकपा एमालेका शीर्ष नेताहरु छलफलमा जुटेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा जारी बैठकमा यसै साता सदनमा पेश हुन लागेको आगामी आर्थिक बर्ष २०८२।०८३ बजेटको तयारी साथै समसायीक राजनीतिक विषयहरुमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली,नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा,गृहमन्त्री रमेश लेखक,अर्थमन्त्री विष्णु पौडेल,परराष्ट्रमन्त्री आरजु राणा देउवा,कांग्रेस उपसभापति पूर्ण बहादुर खडका,एमाले उपाध्यक्ष इश्वर पाखरेल लगायत शीर्ष नेताहरु सहभागी रहेको प्रधानमन्त्रीको सचिवालय स्रोतले जानकारी दिएको छ ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

One thought on “प्रधानमन्त्रीसहित कांग्रेस–एमालेका शीर्ष नेताहरु बालुवाटरमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *