काठमाडौं, ११ जेठ। नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक बोलाएको छ । आइतबार (आज) दिउँसो २ बजे बस्नेगरी बैठक सचिवालय बैठक बोलाइएको नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्रीको सचिवालयले जानकारी गराएको छ ।
बैठक पार्टी केन्द्रीय कार्यालय च्यासल, ललितपुरमा बस्नेछ ।
बैठकमा पछिल्लो राजनीतिक विकासक्रम र बजेटबारे छलफल हुने नेताहरूले बताएका छन् ।
यसअघि कारबाहीमा परेका बिन्दा पाण्डे र उषाकिरण तिमिल्सिनाको कारबाही फुकुवासमेत हुन सक्ने जनाईएको छ।
https://shorturl.fm/TbTre
https://shorturl.fm/N6nl1