>

नेपाली कांग्रेसद्वारा भ्रामक र कपोलकल्पित समाचारप्रति भर्त्सना

काठमाडौं । पार्टी सभापति शेरबहादुर देउवाको धारणा भनी राजसंस्थाबारे प्रकाशित भ्रामक र कपोलकल्पित समाचारप्रति नेपाली कांग्रेसले ध्यानाकृष्ट भएको जनाएको छ ।

कांग्रेसले विज्ञप्तिमार्फत भ्रामक र कपोलकल्पित समाचारको निन्दा र भर्त्सना गरेको हो । “कसैले क्षणिक स्वार्थ पूर्ति गर्न राजसंस्थाबारे उहाँको धारणा भनी सञ्चारमाध्यममा गलत सूचना सम्प्रेषण गर्नु अनैतिक र घोर आपत्तिजनक कार्य हो । उहाँले कहीँकतै नबोलेको, नभनेको र नसोचेको कुरालाई मनगणन्ते ढङ्गले आमसञ्चारमाध्यमलाई दुरुपयोग गर्दै प्रचारमा ल्याउनु पत्रकारिताको मर्म र भावना विपरित हो”, विज्ञप्तिमा उल्लेख छ ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

त्यस्ता भ्रामक र कपोलकल्पित समाचारको निन्दा र भर्त्सना गर्नुका साथै आन्दोलनबाट प्राप्त उपलब्धिलाई रक्षा गर्न प्रतिबद्ध रहेको दोहो-याउँदै यस्ता समाचारप्रति विश्वास नगर्न आमनागरिकलाई आग्रह गरेको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *