>

यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरु

काठमाडौं । सरकारले अधिकार सम्पन्न वागमती सभ्यता एकीकृत विकास समिति (पाँचौँ संशोधन) आदेश, २०८२ स्वीकृत गरेको छ ।

जेठ ६ गते मंगलवार बसेको मन्त्रीपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो । बैठकका निर्णय बिहीवार सुनाउँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले सरकारले उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग, २०८१ को सुझाव कार्यान्वयनको लागि तयार गरिएको आर्थिक सुधार कार्यान्वयन कार्ययोजना, २०८२ स्वीकृत गर्ने निर्णय गरेको बताए । मन्त्री गुरुङका अनुसार सरकारले नेपाली सेना, सैनिक प्राविधिक सेवा, सैनिक स्वास्थ्य समूह अन्तर्गत मेडिकल उपसमूहका एकजना महासेनानीको पदावधि थप गर्ने निर्णय गरेको छ ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

यी हुन् सरकारका निर्णयहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *