>

अमेरिकाको वाशिङ्टन डीसीमा इजरायली दूतावासका २ कर्मचारीको हत्या

वासिङ्टन डीसी शहरस्थित यहूदी संग्रहालय बाहिर दुई इजरायली दूतावासका कर्मचारीलाई गोली हानी हत्या गरिएको अधिकारीहरूले बताएका छन् ।

बीबीसीका अनुसार हत्या गरिएकाहरुमा एक पुरुष र एक महिला थिए । उनिहरुलाई क्यापिटल यहूदी संग्रहालयमा आयोजित एक कार्यक्रमबाट बाहिर निस्कने क्रममा गोली हानी हत्या गरिएको थियो ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

गोलीबारी स्थानीय समयअनुसार राति ९ बजे भएको थियो । रिपोर्टका अनुसार घटनाको समयमा संग्रहालयमा धेरै इजरायली दूतावासका कर्मचारीहरू उपस्थित थिए ।

संयुक्त राष्ट्र संघका लागि इजरायलका राजदूतले सो घटनालाई “यहूदी विरोधी आतंकवादको घृणित कार्य” भनेर वर्णन गरेका छन् ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

यस घटनापछि वासिङ्टन डीसीमा ठूलो संख्यामा प्रहरी बल तैनाथ गरिएको छ । मुख्य सडकहरू बन्द गरिएका छन् । स्थानीय सञ्चारमाध्यमले पीडितहरूको पहिचान एक पुरुष र एक महिलाको रूपमा गरिएको बताएको छ, तर उनीहरूको नाम सार्वजनिक गरिएको छैन ।

इजरायली दूतावासका प्रवक्ताले संग्रहालयको कार्यक्रममा भाग लिने क्रममा दुई कर्मचारीलाई नजिकैबाट गोली हानेर हत्या गरिएको पुष्टि गरेका छन् ।

गोलीकाण्डको समयमा इजरायली राजदूत संग्रहालयको कार्यक्रममा उपस्थित नभएको अमेरिकी समाचार संस्थाहरुले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *