काठमाडौँ । सरकारले गभर्नरमा विश्व पौडेललाई नियुक्त गरेको छ । मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले गभर्नरमा प्रा.डा पौडेललाई नियुक्त गरेपछि राष्ट्र बैंकमा लामो समयदेखि देखिएको गभर्नर अन्यौल सकिएको हाे ।
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको सिफारिस समितिले मंगलबार नै तीन जनाको नाम गभर्नरमा सिफारिस गरेको थियो ।
गभर्नरमा नाम सिफारिस हुनुअघि पौडेल आफै गभर्नर सिफारिस समितिको सदस्य थिए। सत्तारूढ दलहरूले उनकै नाम गभर्नरमा सिफारिस गर्ने भएपछि उनले समितिबाट राजीनामा दिएका थिए।
नवनियुक्त पौडेलले सर्वसाधारणको सम्पत्ति जोगाउने र बैंकको पैसा धेरैभन्दा धेरै मानिससम्म पुर्याउने कुरामा आफ्नो ध्यान रहेको बताए। बैंकको पैसा सीमित धनी व्यक्तिको हातमा केन्द्रित नभई साना व्यवसायी र सर्वसाधारणसम्म ऋणको रूपमा पुग्नुपर्ने उनको भनाइ छ।