>

सरकारसँग भएको ९ बुँदे सहमति महत्वपूर्ण उपलब्धि भएको शिक्षक महासंघको भनाइ

काठमाडौं । नेपालको शिक्षक महासंघले सरकारसँग भएको ९ बुँदे सहमतिलाई महत्वपूर्ण उपलब्धि भनेको छ । महासंघका राष्ट्रिय अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले एक स्टेटमेन्ट जारी गरी शिक्षकको काठमाडौं केन्द्रित २९ दिन लामो आन्दोलनले सफलता पाएको बताएका छन् ।

बुधबार सरकार र शिक्षक महासंघबीच ९ बुँदे सहमति भएको थियो । उनले शिक्षा ऐन जारी गर्ने लिखित प्रतिवद्धता गराइएको उल्लेख गर्दै अब ऐन आउने विश्वास भएको बताएका छन् । आन्दोलनले लामो समयदेखि अल्झिएको समान ग्रेड र तलबको मुद्दा समाधान गरेको महासंघको भनाइ छ ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

अस्थायी शिक्षकहरूको सञ्चित बिरामी बिदा, सिभिल अस्पतालमा कर्मचारीसरह उपचार सुविधा, सबै शिक्षकका लागि दुर्गम भत्ता र मर्यादाक्रमको सवाल सम्बोधन भएको छ । थप रूपमा, २०७५ पछि स्थायी भएका शिक्षकहरूको निवृत्तीभरणको मुद्दामा आंशिक सफलता प्राप्त भएको सुवेदीले बताएका छन् । निवृत्तीभरण कोष ऐन २०७५ को संशोधनका लागि शिक्षा ऐन जारी भएसँगै पहल जारी रहने प्रतिबद्धता व्यक्त गरिएको उनले बताएका छन् ।

प्रक्रियागत कारणले तत्काल ऐन जारी हुन नसके पनि संसदीय दलका मुख्य सचेतक र समितिका सभापतिसँग लिखित प्रतिबद्धता गराई २०८२ असार १५ गते प्रतिनिधिसभाबाट ऐन पारित गर्ने सुनिश्चित गरिएको सुवेदीको भनाइ छ ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

आगामी दिनमा नयाँ ऐनमा सहमतिका बुँदाहरू समावेश गर्न र बाँकी मुद्दाहरू आवधिक बढुवा, अस्थायी अवधि गणना, निवृत्तीभरण सम्बोधन गर्न महासंघले निरन्तर पहल गर्ने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *