क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले आफ्नो देश अमेरिकाबाट सम्मानको योग्य रहेको र दुई मुलुकबीच कुनै व्यापार वा सुरक्षा सम्झौता भएमा त्यो सर्तमा मात्र हुने बताएका छन् ।
चुनावमा पार्टीको जितपछि बीबीसीलाई दिएको अन्तर्वार्तामा कार्नीले क्यानडा कहिल्यै अमेरिकाको ५१औँ राज्य नबन्ने पनि बताएका हुन् । जनवरीमा बैंक अफ इङ्गल्यान्डका पूर्वगभर्नर कार्नीले क्यानडाको अन्तरिम प्रधानमन्त्रीको पदभार ग्रहण गरेदेखि उनी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच करका विषयमा विवाद जारी छ ।
कार्नीले क्यानडाको स्वतन्त्रता र सार्वभौमिकताबारे गम्भीर वार्ता नभएसम्म आफू अमेरिका नजाने समेत उल्लेख गरका छन् । युरोपेली संघ र बेलायतसँग राम्रो व्यापार सम्बन्ध स्थापित गर्न सक्षम भएर अमेरिकासँग पनि सम्झौता भयो भने क्यानडाले यसबाट ठूलो फाइदा लिन लिनसक्ने उनको भनाइ छ ।
क्यानडा जस्तै सोच्ने देशहरुसँग समझदारी बनाउन पहल गर्ने समेत उनले बताए । गत जनवरीमा तत्कालीन प्रधानमन्त्री जस्टिन ट्रुडोले लिबरल पार्टीको नेताबाट राजीनामा दिएपछि कार्नी दलको नेता चुनिँदै प्रधानमन्त्रीको शपथ लिएका थिए । तर, ट्रुडोले राजीनामा दिएदेखि नै क्यानडाका धेरै नेताले चुनावको मा गरिरहेका थिए ।
सोहीबमोजिम क्यानडामा सोमबार चुनाव भएको थियो । जसमा कार्नीकै दलको जित भएको हो ।