>

सांसद अमरेशले आरजुलाई गाली बेइज्जती गरेको अडियो-भिडियो मगाउने आदेश

काठमाडौँ। जिल्ला अदालत काठमाडौँले परराष्ट्र मन्त्री डा. आरजु राणालाई सांसद डा. अमरेशकुमार सिंहले गाली बेइज्जती गरेको अडियो/भिडियो मगाउने आदेश दिएको छ ।

जिल्ला न्यायाधीश बालकृष्ण वाग्लेको एकल इजलासले सोमबार राणाले सिंहविरुद्ध गत फागुनमा हालेको मुद्दामा यस्तो आदेश दिएको हो ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

यस अघि जिल्ला अदालत काठमाडौँले सिंहले गाली बेइज्जती गरेको अडियो र भिडियो एक पटक सुनेर स्पष्टीकरण पेश गर्न आदेश दिएकोमा सिंहले स्पष्टीकरण पेश गरिसकेका छन् ।

सिंहले स्पष्टीकरण पेश गरेपछि न्यायाधीश वाग्लेले सोमबार उक्त अडियो भिडियो अदालतमा पेश गर्न र सुनेर थप निर्णय गर्ने आदेश दिएका हुन् ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

सिंहविरुद्ध राणाले गाली बेइज्जतीको मुद्दा गत फागुन १५ मा जिल्ला अदालत काठमाडौँमा दर्ता गरेकी थिइन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *