>

संसद्‌मा रास्वपाले लगाएको नाराप्रति कांग्रेसको नियमापत्ति

काठमाडौँ । आज (सोमबार) बसेको प्रतिनिधि सभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले लगाएको नाराप्रति नै नियमापत्ति भएको छ ।

भिजिट भिसामा विदेश जानेसँग अपारदर्शी रूपमा आर्थिक लेनदेन भएको भनेर यसलाई रास्वपाले मानव तस्करीको संज्ञा दिएको छ । यसलाई संकेत गर्दै रास्वपाका सांसदहरूले संसद्मा ‘मानव तस्करीलाई कारबाही गर’को नारा लगाइरहेका छन् । तर, यस्तो कसलाई भन्न खोजिएको हो त्यो प्रष्ट पारिनुपर्ने भन्दै नेपाली कांग्रेसकी सचेतक सुशीला थिङले नियमापत्ति जनाएकी हुन ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

अर्थमन्त्री विष्णु पौडेलले बजेटमाथिको सामान्य छलफलमा उठेका प्रश्नहरूको जवाफ दिइरहेका बेला कांग्रेसकी सचेतक थिङले नियमापत्तिका लागि सभामुखसँग समय मागेकी थिइन् । सभामुखले समय दिएपछि उनले भनिन्, ‘आपत्तिजनक शब्दहरू यहाँ मानव तस्करीको कुराहरू उठ्यो । बोल्ने वक्ताले बोलिरहेको बेलामा अवरोध गर्ने कुराहरू उठ्यो ।

मानव तस्करी भनेर कसलाई भन्न खोजेको हो ?’ कांग्रेसकी सचेतक थिङले नियमापत्ति नै गरेर ध्यानाकर्षण गरेपछि सभामुख देवराज घिमिरेले पनि ध्यानाकर्षण भएको बताए ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

Leave a Reply

Your email address will not be published. Required fields are marked *