>

चट्याङ लागेर ३ को मृत्यु, दुईजना घाइते

काठमाडौं । गोरखा र कास्कीमा चट्याङ लागेर ३ जनाको मृत्यु भएको छ । चट्याङ लागेर कास्कीमा २ र गोरखामा १ जनाको मृत्यु भएको हो ।
गोरखामा चट्याङ लागेर राजु खनाल तथा कास्कीमा भरत पुविर राई र महेश राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिए ।

सहिद लखन गाउँपालिका–१, बक्राङका ४२ वर्षका खनाल आइतबार साँझ अन्दाजी ७:५० बजे घरमा बसिरहेका बेला एक्कासी परेको चट्याङ लागेर गम्भीर घाइते भएका थिए । घाइते खनाललाई प्रदेश अस्पताल गोरखामा उपचारका लागि ल्याएको भए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

त्यस्तै आइतबार साँझ नै पालुङटार नगरपालिका–७ स्थित च्याङलीमा चट्याङ लागेर ५० वर्षकी सुकमायाँ आले, १८ बर्षिया विपना आले घाइते भएका छन् । घाइते दुवैजनाको चितवनस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

अन्नपूर्ण गाउँपालिका–११ पोडेस्थित त्रिवेणी ताल पदमार्गमा काम गरिरहेको अवस्थामा आइतबार हावाहुरीसहितको चट्याङ लागेर सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–२ का ४४ वर्षीय भरत पुविर राई र सोही ठाउँका वर्ष १८ का महेश राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एवं प्रहरीले जनाएको छ ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

One thought on “चट्याङ लागेर ३ को मृत्यु, दुईजना घाइते

Leave a Reply

Your email address will not be published. Required fields are marked *