>

मौसमका कारण विद्यूत आपूर्तिमा समस्या आएको शाक्यको जिकिर

काठमाडौ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले नेतृत्व फेरिएकै कारण विद्युत आपूर्तिमा समस्या नआएको दाबी गरेका छन ।

संघीय राजधानी काठमाडौं लगायत देशका विभिन्न स्थानमा बिहीबार अवरुद्ध विद्युत आपूर्तिबारे जानकारी दिन प्राधिकरणमा आयोजित पत्रकार सम्मेलनमा उनले अहिलेको मौसमका कारण समस्या आएको स्पष्ट पारेका हुन ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

प्राविधिक समस्याले विद्युत आपूर्तिमा गडबडी हुँदा लोडसेडिङ नै भयो भनेर हल्ला नफिजाउन आग्रह गर्दै कार्यकारी प्रमुख शाक्यले समस्या समाधानका लागि आपूmले जानेका सबै कुरा गर्ने स्पष्ट पारे ।

कार्यकारी निर्देशक शाक्यले बत्ती जानुमा अहिले अन्य कारण केही नभएको दाबी गरे । समस्या आइसकेपछि कराउने नभइ समयमै सुधार्नुपर्ने उनको भनाइ छ ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

विगतका वर्षहरुमा पनि चैतदेखि जेठसम्म यस प्रकारका समस्या आउने गरेको बताउँदै निर्देशक शाक्यले वर्षा शुरु हुनुअघि केही दिन हावाहुरी र पानीका कारण समस्या आएपनि अन्य समयमा सामान्य हुने जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *