म्याग्दी । म्याग्दीमा एक दम्पती मिलेर एक कामदारको हत्या गरेका छन् । जिल्लाको धवलागिरि गाउँपालिका–५,मल्कवाङमा श्रीमान् श्रीमती मिलेर घरमा काम गर्ने कामदारको निर्मम हत्या गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक सागर पौडेललेका अनुसार आफ्नै घरमा मजदुरी गर्ने ४६ वर्षको मनबहादुर दमाईको ५७ वर्षीय बलबहादुर दमाई र श्रीमती कर्म ती दर्जीले हत्या गरी फालेका थिए ।
गत वैशाख २८ गते बेवारिसे शव भेटिएको स्थानीयले जानकारी गराएपछि इलाका प्रहरी कार्यालय दर वाङबाट खटिएको प्रहरीको टोलीले मृतक मनबहादुरको शरीरमा बाउसोले प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।
मृतक मनबहादुर अभियुक्त बलबहादुरको घरमा कामदारको रूपमा कार्यरत थिए । घटना घरमै घटाएर लगेर फालेको वा घटनास्थलमै प्रहार गरेको भन्ने बारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।
अभियुक्त बलबहादुर दम्पतीले शरीरका विभिन्न भागमा प्रहार गरी घरभन्दा करिब ७ सय मिटर तल लगेर फालेको अवस्थामा भेटिएको प्रहरी निरीक्षक पौडेलको भनाई छ । अभियुक्त दम्पत्तीलाई जिल्ला अदालत म्याग्दीबाट म्याद थप गरी कर्तव्य ज्यान अन्तरगत मुद्दामा अनुसन्धान भइरहेको छ ।