काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले भारतको जम्मु–कश्मीर पहलगाममा भएको आतङ्ककारी आक्रमणप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।
पूर्वराजा शाहको सचिवालयले आज जारी गरेको सन्देशमा आक्रमणमा एक नेपालीसहित धेरै हिन्दू तीर्थयात्रीहरूको ज्यान गएकोप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गरिएको छ ।
पूर्वराजाले भारत सरकारप्रति पनि सहानुभूति व्यक्त गर्दै, बसुधैव कुटुम्बकमको आदर्श विपरीत यस्ता जघन्य आक्रमण धर्मविरुद्धको पाप कर्म भएको टिप्पणी गरेका छन् ।
भारतको जम्मुकश्मीरमा गत मंगलबार भएको आतङ्ककारी आक्रमणमा एक नेपालीसहित २६ जनाको ज्यान गएको थियो ।