काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई प्रगतिशील नेपाली समाज, भारतको अधिवेशनमा सहभागी हुन शनिबार भारत प्रस्थान गरेका छन् ।
पार्टी उपाध्यक्ष मानुषी यमीका अनुसार अधिवेशन आइतबारदेखि भारतको फरिदावादमा शुरु हुँदैछ । डा. भट्टराईसँगै उपाध्यक्ष तथा विदेश विभाग प्रमुख मानुषी यमी र प्रवास प्रदेशअन्तर्गत भारतका इन्चार्ज शन्देश कार्की पनि भारत गएका छन् ।