>

अछामको साफेबगर बजारमा रहेको हाटबजारमा आगलागी

अछाम । अछामको साफेबगर बजारमा रहेको हाटबजारमा आगलागी भएको छ ।

आज बिहान पौने ४ बजेको समयमा हाटबजारमा आगलागी हुँदा १० वटा पसल जलेर नष्ट भएका हुन् । स्थानीय प्रेम खड्काले सञ्चालन गरेको शुभेच्छा मःम सेन्टरमा विद्युत सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

आगो अन्य पसलहरुमा समेत फैलिंदा १० वटा जस्ता पाताले छाएका पसल जलेर नष्ट भएका छन् । तर, मानवीय र पशुचौपाया क्षति भने नभएको बताइएको छ । प्रहरीले सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा आगो बिहान ६ बजे नियन्त्रणमा लिइएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *