>

एनआरएनए एकता महाधिवेशनको लागि अर्को मिति तय गरौं: पूर्वअध्यक्ष कुमार पन्त

लण्डन गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष कुमार पन्तले एनआरएनएमा एकता कायम गर्नका लागि सहमतिमा आधारित महाधिवेशनको मिति तय गर्न आग्रह गरेका छन्।

उनले हालै पूर्वअध्यक्ष शेष घलेले आह्वान गरेको महाधिवेशन तत्कालका लागि स्थगन गर्न सुझाव दिंदै, सहमतिको आधारमा नयाँ मिति तय गर्नु वर्तमान अवस्थामा सबैभन्दा उपयुक्त विकल्प हुने बताएका छन्।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

पन्तले घलेलाई सम्बोधन गर्दै भनेका छन्, “तपाईंले एनआरएनएका पूर्वअध्यक्षहरूलाई सम्बोधन गर्दै जारी गर्नुभएको विज्ञप्ति पढियो। एनआरएनएमा एकताको चाहना राख्नुभएकोमा खुसी लाग्यो र यसप्रति सम्मान र समर्थन प्रकट गर्दछु। म पनि एकताबद्ध एनआरएनएको पक्षमा प्रतिबद्ध छु।”

तर उनले वर्तमान अवस्थामा घलेले बोलाएको महाधिवेशनले अपेक्षित एकता भन्दा संस्थामा अझ द्वन्द्व सिर्जना गर्ने सम्भावना रहेको संकेत गरे। “अहिले जुन समयमा एकताको महाधिवेशन गर्ने भनिएको छ, त्यसले संस्थालाई विग्रहतिर लैजान सक्ने जोखिम देखिन्छ,” उनले स्पष्ट पारे।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

संवादको लागि घलेले गरेको आह्वानलाई सकारात्मक पहल भन्दै उनले भने, “हाम्रो समस्या अरू कसैले समाधान गरिदिँदैन। अदालत वा परराष्ट्र मन्त्रालयबाट समाधान हुने होइन। हामी आफैंले बसेर निकास निकाल्नुपर्छ।” अन्त्यमा पन्तले तत्काल महाधिवेशन स्थगन गरेर सबैपक्षीय सहमतिको नयाँ मिति तय गर्ने प्रस्ताव अघि सारेका छन्। उनका अनुसार, “यसरी अघि बढे मात्र संस्थामा स्थायित्व र एकता सम्भव छ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *