>

घरायसी विवादपछि विष सेवन: ३ बालबालिकाको मृत्यु, आमा भेन्टिलेटरमा

जनकपुरधाम । धनुषाको शहीदनगर नगरपालिका–५ यदुकोहामा विष सेवनबाट तीन बालबालिकाको ज्यान गएको छ भने आमा गम्भीर छन् ।

प्रहरीका अनुसार सुशील साहका ६ वर्षीय छोरा आदित्य साह, ४ वर्षीया छोरी आकृति साह र २ वर्षीया आरुसी साहको मृत्यु भएको हो । आमा पविता साहको जनकपुरस्थित प्रादेशिक अस्पतालको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

सोमबार साँझ घरमै विष सेवन गरेको अवस्थामा फेला परेका उनीहरूलाई अस्पताल लैजाँदा तीनै बालबालिकाको ज्यान गएको थियो ।

प्रहरीले घरायसी विवादका कारण आमाले सन्तानलाई विष खुवाई हत्या गरी आफैं आत्महत्याको प्रयास गरेको आशंका गरेको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

Leave a Reply

Your email address will not be published. Required fields are marked *