>

बारामा मुख्यमन्त्री सिंहको निरन्तर अनुगमनः नौ स्वास्थ्य संस्था बन्द गर्न निर्देशन

बारा । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले शुक्रबार बाराको निजगढमा रहेका नौ वटा स्वास्थ्य संस्थाहरुको अनुगमन गर्नु भएको छ ।

अनुगमन भएका नौ वटा स्वास्थ्य संस्थाहरुको अनुमति नभएकोले सबै स्वास्थ्य संस्था बन्द गर्न निर्देशन दिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मधेश प्रदेशका जनस्वास्थ्य अधिकृत सन्तोष कुमार ठाकुरले बताउनु भएको छ ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

अनुगमन टोलीका सदस्य समेत रहेका जनस्वास्थ्य अधिकृत ठाकुरका अनुसार अहिलेसम्म फार्मेसी बन्द गर्ने नीति नभए पनि फार्मेसी खोलेर अस्पताल सञ्चालन गरेको पाइएपछि फार्मेसी पनि पहिलो पटक बन्द गरिएको छ ।

शुक्रबार अनुगमन गरी बन्द गरिएका स्वास्थ्य संस्थाहरुमा निजगढ सिटि अस्पताल र जीवनदान हस्पिटल प्रा.लि. गरी दुई अस्पताल रहेका छन् । त्यस्तै अनुमति नभएका निजगढ डेन्टल क्लिनिक र नारायणी दन्त सेवा केन्द्र पनि बन्द भएका छन् ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

त्यस्तै मिश्रा मेडिकल सेन्टर, सम्माम फार्मेसी, मोहम्मदी मेडिसिन सेन्टर र सिद्धार्थ मेडिकल हल गरी चार फार्मेसी समेत अनुमति नभएकोले बन्द गरिएको ठाकुरले बताउनु भयो ।

निजगढ आँखा उपचार केन्द्रको पनि अनुमति नभएकोले बन्द गरिएको उहाँले बताउनु भएको छ । ठाकुरका अनुसार मधेश प्रदेशभरी अहिलेसम्म १ सय ६९ अनुगमन भएका मध्ये मापदण्ड पुगेका १८ वटा रहेका छन् । त्यसमध्ये बन्द गर्न निर्देशन दिएका १ सय २२ वटा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *