काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्र सिंह ऐरीले आईसीसीको टी–२० क्रिकेटमा विश्व कीर्तिमान कायम गरेका छन् । हङकङमा जारी चार देशीय टी–२० आई श्रृंखलामा कुवेतविरुद्ध उनले सबैभन्दा धेरै इनिङ शून्यमा आउट नहुने खेलाडीको कीर्तिमान बनाएका हुन् ।
योसँगै उनले लगातार ६६ वटा टी–२० आईमा डगआउट भएका छैनन् । यसअघि यो रेकर्ड वेष्टइन्डजका मार्लोन नथालिएल स्यामुएल्सको नाममा थियो । उनी लगातार ६५ खेलमा डगआउट भएका छैनन् ।
आजको खेलमा उनले मात्र १२ बलमा ३१ रन बनाउँदै नेपालको जीत पक्का गरेका थिए । उनीपछि आएका गुल्शन झाले १९ औं ओभरको चौथो र पाँचौं खेलमा लगातार दुई चौका प्रहार गर्दै जित दिलाएका थिए ।