>

गणतन्त्र ल्याउने सहमति ज्ञानेन्द्र, गिरिजा र मैले गरेका हौँ, प्रचण्डजी पछि आउनुभयो: माधव नेपाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले तत्कालीन राजा ज्ञानेन्द्र शाह, गिरिजाप्रसाद कोइराला र आफूले गणतन्त्र ल्याउने सहमति गरिसकेपछि मात्रै माओवादी जनयुद्ध छोडेर ‘प्रचण्ड’ समझदारीमा आएको जिकिर गरेका छन् ।

आइतबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आयोजित पार्टी निकट नेपाल आदिवासी जनजाति महासंघ (समाजवादी) बागमती प्रदेशको भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले उक्त जिकिर गरेका हुन् । अध्यक्ष नेपालले तीन नेताले बसेर सहमति गरिसकेपछि मात्रै माओवादीबाट ‘प्रचण्ड’ मिसिएको बताए ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

‘ज्ञानेन्द्रले पनि उहिले छोडिसकेको हो । यी जम्मै कुराहरू गर्ने हामी तीन जना नेता हौँ । एउटा गिरिजाप्रसाद कोराला, दोस्रो म र त्यसपछि ज्ञानेन्द्र,’ उनले भने, ‘पछि मात्रै हुन् प्रचण्ड जी । पछि मात्रै हो उहाँहरू आएको भनेको त जनयुद्धको जुन इलाकाबाट पछि आएको मात्रै हो ।’

उनले तत्कालीन नेकपा एमालेमा रहँदा आफ्नो पार्टीले साउन महिनामा नै गणतन्त्र ल्याउने निर्णय गरेको दाबी गरे । उनले अगाडि थपे, ‘मंसिरमा हामीले सहमति गरिसकेपछि मात्रै आएको हो । हाम्रो पार्टीले गणतन्त्र ल्याउने निर्णय गरेको साउनमा हो । बसेर सहमति गरेको ११ वैशाख २०६३ मा हो । ११ गते बस्दा म र गिरिजाबाबु थियौँ ।’

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

कोइराला र आफूले नै सबै सहमति गरेको र तत्कालीन राजा ज्ञानेन्द्रले सबै अधिकार जनतालाई त्यही बेलामा सुम्पिएको अध्यक्ष नेपालले बताए । ‘हामीले सबै सहमति गरेर कागज तयार गरेका हौँ,’ उनले भने, ‘सबै अधिकार जनतालाई त्यही बेलामा सुम्पिएको हो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *