>

जाजरकोट भूकम्पमा ३ जना घाइते

जाजरकोट । गए राति जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पबाट तीन जना घाइते भएका छन् । जाजरकोटको कुशे गाउँपालिका ९ पैक केन्द्रबिन्दु भएर राति ८ बजेर १० मिनेटको समयमा गएको भूकम्पको त्रासले घरबाट भाग्ने क्रममा तीन जना घाइते भएका हुन्।

घाइते हुनेमा भेरी नगरपालिका–२ रिसाङका ओपेन्द्र कार्कीको ४९ वर्षीया श्रीमती कमला कार्की, भेरी नगरपालिका–४ का ३४ वर्षीय सुरेश श्रेष्ठ र नलगाड नगरपालिका–१२ का २२ वर्षीय वीरेन्द्र भण्डारी रहनुभएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायब उपरीक्षक पुरुषोत्तम प्रसाद पाण्डेले जानकारी दिनुभयो। उहाँका अनुसार घाइतेहरू जिल्ला अस्पताल जाजरकोटमा उपचार गरेर डिस्चार्ज हुनुभएको छ । यस्तै भूकम्पबाट भेरी नगरपालिका १० बस्ने कमला गोसाईंको १ तले पक्की घरको कोठाको पर्खाल समेत भत्किएको छ । शुक्रवार राति ८ बजेपछि जाजरकोटमा ३ मिनेटको फरकमा दुई भूकम्प गएका थिए ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

शुक्रवार राति ८ः०७ मा ५.२ म्याग्निच्युडको भूकम्प गएको ३ मिनेटमै ५.५ म्याग्निच्युडको अर्को भूकम्प गएको हो । भूकम्पको धक्का कर्णाली, सुदूरपश्चिम, बागमती र लुम्बिनीका जिल्लाहरूमा समेत महसुस गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *