>

वायु प्रदुषणले खतराको तह पार गर्‍यो, ‘मर्निङ वाक’ गरेर थप रोग ननिम्त्याऔँ

काठमाडौं । केही दिनदेखि वायु प्रदुषणका कारण काठमाडौं उपत्यकाका बासिन्दा रुघाखोकी, घाँटी खसखसाउने, आँखा पोल्ने, श्वासप्रश्वासलगायत विभिन्न समस्या लिएर अस्पताल पुग्ने गरेका छन् ।

संयुक्त राष्ट्रसङ्घको वातावरणसम्बन्धी निकाय ‘युएनईपी’ काअनुसार विश्वव्यापी समस्या निम्त्याएको वायु प्रदुषणका कारण विश्वमा हरेक वर्ष ७० लाख मानिसको मृत्यु हुने गरेको छ । काठमाडौंमा वायु प्रदुषणकै कारण मानिसको मृत्यु भएको घटना सार्वजनिक नभएको भएपनि यतिबेला वायु प्रदुषणसँग सम्बन्धित समस्या लिएर अस्पतालहरुमा जाने बिरामीको संख्या बढेको छ ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

अल्का अस्पतालका छाती रोग विशेषज्ञ डा. अहिस श्रेष्ठले विगत केही दिनदेखि आँखा, नाक, कान, घाँटी तथा श्वासप्रश्वाससँग सम्बन्धित समस्या लिएर अस्पताल आउनेको चाप बढेको बताए । छातीको समस्याका कारण कतिपय बिरामीलाई आइसियुमा राख्नु परेको समेत उनको भनाइ छ । उनले वायु प्रदुषणका कारण मुटुमा असर गर्ने र हृदयघातको समेत उच्च जोखिम हुने बताए ।

डा. श्रेष्ठले वायु प्रदुषणले वृद्धवृद्धा, बालबालिका तथा गर्भवति र सुत्केरीमा ठूलो जोखिम निम्त्याएको बताए । मुटु, मिर्गौला, श्वासप्रश्वास लगायतका दीर्घरोगी पनि उच्च जोखिममा रहेको उनको भनाइ छ । उनले अहिलेको जटिल समयमा व्यायामको रुपमा बिहान हिँड्ने कार्य रोक्नुपर्ने बताए । मर्निङ वाल्कको नाममा बिहान हिँड्दा थप रोग निम्तिने भन्दै उनले घरमै बसेर व्यायाम गर्न सुझाव दिए । हिडेर मात्रै व्यायाम हुन्छ भन्ने मान्यताबाट यतिबेला पछि हट्नुपर्ने उनको भनाइ छ ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

डा. श्रेष्ठले वायु प्रदुषणले खताराको तह पार गरेकाले सरकारले जनस्वास्थ्यलाई ध्यानमा राखेर केही न केही निर्णय गर्नुपर्ने बताए । स्वास्थ्य विशेषज्ञहरुसँग परामर्श लिएर सरकारले ठोस निर्णय गर्नुपर्ने उनको भनाइ छ ।

डा. श्रेष्ठले वायु प्रदुषण विकराल बन्दै गएकाले नियमित औषधि सेवन गरिरहेका दीर्घरोगीहरुले समय समयमा स्वास्थ्य परीक्षण गर्नुपर्ने बताए । सन्तुलित, पोषिलो र स्वस्थ भोजनमा ध्यान दिनुपर्ने उनको भनाइ छ । बाहिर हिँड्डुल गर्नैपर्ने अवस्थामा मास्क प्रयोग गरेर धेरै हदसम्म बच्न सकिने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *