>

‘आकस्मिक घटनामा काम गर्न बिमस्टेक राष्ट्रहरूबीच विशेष संरचना बनाऔँ’

काठमाडौँ । परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले बिमस्टेक राष्ट्रहरूमा आकस्मिक घटनामा काम गर्न विशेष संरचना बनाउन आवश्यक रहेको बताएका छन् ।

थाइल्याण्डको राजधानी बैंककमा आयोजित छैटौँ बिमस्टेक समिटको पूर्वसन्ध्यामा बुधबार इण्डिया फाउन्डेसनद्वारा आयोजित तेस्रो बिमस्टेक डायलगलाई सम्बोधन गर्दै मन्त्री राणाले उक्त कुरा बताएकी हुन् ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

उनले दक्षिण एशिया क्षेत्रमा बढिरहेको जोखिमलाई हेरेर आकस्मिक घटनामा तत्काल काम गर्न सक्ने विशेष संरचना बनाउन आवश्यक रहेको बताइन् ।

गत मनसुनमा नेपाल-भारतमा आएको बाढी, पहिरो, केही दिनअघि म्यानमार र थाइल्याण्डमा आएको भूकम्प, बांङ्लादेशमा आएको बाढी जस्ता धेरै विपद् र आकस्मिक घटनामा संयुक्त पहल गर्नसके जोखिम र क्षति कम गर्न सकिने उनको तर्क थियो ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

‘संयुक्त प्रयासले आपसी भाइचारा र सहयोगको बाटो औपचारिक रूपमै खुल्छ,’ उनले भनिन् । उनले बिमस्टेक जनताका आशा, अपेक्षा र समस्यामा काम गर्न सक्ने एक जीवन्त क्षेत्रीय संगठनका रूपमा रहनुपर्नेमा जोड दिइन् ।

‘अहिलेका कुनैपनि क्षेत्रीय र विश्व संस्थाहरूले आफ्ना समस्याहरूको पहिचान गरी तिनको समाधानका लागि सामूहिक प्रयास गर्न सक्नुपर्छ,’ उनले भनिन् ।

मन्त्री डा। राणाले आफूले बिमस्टेकलाई एक बलियो साझेदारी मञ्चका रूपमा रूपान्तरण गर्न सक्ने आधारहरू देखेको र यसका लागि सबैभन्दा पहिला क्षेत्रीय एकता र सामूहिक सहकार्यको भावना हुनुपर्नेमा बताइन् ।

क्षेत्रीय शान्ति र एकताका लागि बिमस्टेकको प्रमुख भूमिकालाई नेपालले सदा स्वीकार गरेको बताउँदै यस क्षेत्रको सामूहिक समृद्धिका लागि बिमस्टेकको सिद्धान्त र उद्देश्यप्रति नेपाल प्रतिबद्ध रहेको बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *