काठमाडौँ । काठमाडौँ उपत्यकामा आन्दोलनले उग्र रूप लिएसँगै नेपाली सेना परिचालन गरिएको छ। विभिन्न ठाउँमा आगलागी र हिंसात्मक घटनाहरू बढ्दै गएपछि स्थानीय प्रशासन ऐनअनुसार प्रमुख जिल्ला अधिकारीको निर्देशन र गृह मन्त्रालयको सर्कुलरको आधारमा सेना सडकमा खटिएको हो।
जिल्ला प्रशासन कार्यालयले काठमाडौँका चार स्थानमा कर्फ्यु आदेश जारी गरेपछि नेपाली सेनाले सुरक्षा व्यवस्था कडा बनाउन थालेको छ। प्रशासन र सेनाले संयुक्त रूपमा दिएको जानकारीअनुसार, आन्दोलनको तीव्रता नियन्त्रण गर्न र शान्ति कायम गर्न सेना तयारी अवस्थामा राखिएको छ।
यी घटनाहरूले उपत्यकाको पछिल्लो अवस्थालाई तनावपूर्ण बनाएको छ भने सरकारले परिस्थितिलाई नियन्त्रणमा लिन कडा कदम चालेको देखिन्छ।