>

पूर्व राजा ज्ञानेन्द्र शाह संवैधानिक राजा हुन लायक छैनन्: सभापति देउवा

काठमाडौं । नेपाली काँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्व राजा ज्ञानेन्द्र शाह संवैधानिक राजा हुन लायकको मान्छे नै नभएको र हुन पनि नसक्ने बताएका छन् ।

कांग्रेसका बाग्मती प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै सभापति देउवाले पूर्व राजा ज्ञानेन्द्रलाई पार्टीको अध्यक्ष बनाउन राष्ट्रिय प्रजातन्त्र पार्टीलाई सुझाव दिनु भएको छ । सभापति देउवाले पूर्व राजा ज्ञानेन्द्रलाई पार्टी अध्यक्ष बनाउँदा पनि राप्रपा पछुताउने दाबी समेत गरे ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

उनले भने ‘बरु राप्रपाले पार्टी सभापति (अध्यक्ष) बनाए हुन्छ । पूर्वराजले राजनीति नै गर्नु छ भने पार्टी खोलेर गरे भइहाल्यो । तर, त्यो पार्टीमा लाग्नेले पनि धेरै दुःख पाउँछन्।’ सभापति देउवाले भने ‘यिनको बानी के छ, टेम्पारामेन्टले पनि यिनी कुनै पनि हालतमा संवैधानिक राजा बन्ने वाला छैनन् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *