>

संविधान प्रदत्त जिम्मेवारी पूरा गर्न कटिबद्ध छौँ: नेपाली सेना

काठमाडौं । विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत संगठनलाई जोडेर विभिन्न प्रकारका टीकाटिप्पणी हुन थालेसँगै नेपाली सेनाले आफ्नो धारणा सार्वजनिक गरेको छ ।

नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताको लागि संविधान प्रदत्त जिम्मेवारीहरू पूरा गर्न सदैव कटिबद्ध रहेको आज बुधबार बुधबार एक सार्वजनिक अनुरोधपत्र मार्फत सेनाले स्पष्ट पारेको हो ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

सेनाले आफ्नो धारणा र गतिविधिहरू नियमित रूपमा पत्रकार सम्मेलन, प्रेस विज्ञप्ति, प्रेस नोट, आधिकारिक सामाजिक सञ्जाल र सैनिक कार्यक्रमहरूमार्फत सार्वजनिक गर्दै आएको पनि बताएको छ ।

अनुरोधपत्रमा सेना सम्बन्धी जानकारी लिनका लागि जनसम्पर्क तथा सूचना निर्देशनालयसँग सम्पर्क गरी यथार्थपरक सूचनाहरू सम्प्रेषण गर्न पनि सम्बद्ध सबैमा आग्रह समेत गरीएको छ ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा सेना गणतन्त्रप्रति प्रतिबद्ध नभएको आशयसहित भ्रामक सूचना सम्प्रेषण भएसँगै सेनाले आपत्ति व्यक्त गर्दै यस्तो बताएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *