>

पूर्वराजाको समर्थनपछि पर्यटन प्रवर्द्धक रमेशराज बास्तोला पदमुक्त

काठमाडौँ । पोर्चुगलको लिजवनका लागि नेपाल सरकारका पर्यटन प्रवर्द्धक रमेशराज बास्तोलालाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पदमुक्त गरेको छ।

पूर्व राजा ज्ञानेन्द्र शाहको शुभकामना सन्देशको समर्थन गर्दै विज्ञप्ति जारी गरेपछि मन्त्रालयले उनलाई २४ घण्टे स्पष्टीकरण पेश गर्न निर्देशन दिएको थियो। तर, प्राप्त स्पष्टीकरण सन्तोषजनक नदेखिएपछि मिति २०८१ फागुन २६ गते मन्त्री स्तरबाट उनलाई जिम्मेवारीबाट हटाउने निर्णय गरिएको हो।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

बास्तोलाले आफ्नो फेसबुक पेजमा ‘श्री ५ महाराजाधिराज सरकारको शुभकामना सन्देशको स्वागत तथा ऐक्यबद्धता’ शीर्षकमा विज्ञप्ति सार्वजनिक गरेसँगै मन्त्रालयले यस्तो कार्यलाई नेपाल सरकारको नीति विपरीत गैरजिम्मेवारपूर्ण गतिविधि भन्दै २४ घण्टाभित्र लिखित स्पष्टीकरण पेश गर्न निर्देशन दिएको थियो।

सरकारी निर्देशनपछि बास्तोलाले “म राजसंस्था पक्षधर हुँ, तिम्रो पद तिमी नै राख” भन्दै फेसबुकमार्फत नै आफ्नो धारणा सार्वजनिक गरेका थिए ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

पत्रपत्रिका तथा सामाजिक सञ्जालमासमेत निकै चर्चित बनेको घटना पछि मन्त्रालयले पर्यटन प्रवर्द्धक सम्बन्धी कार्यविधि, २०७९ को दफा ५ अनुसार बास्तोलाको स्पष्टीकरण सन्तोषजनक भएको ठहर गर्दै २०८१ फागुन २६ गते मन्त्री स्तरबाट उनलाई पदमुक्त गर्ने निर्णय गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *