काठमाडौं । प्रमुख प्रतिपक्षी माओवादी केन्द्रको पदाधिकारी बैठक आज (आइतबार) बस्दैछ ।
जनतासँग माओवादी, तराई–मधेस जागरण अभियान रोकेर पार्टीले बैठक बोलाएको हो । सडकमा राजावादीहरुले विभिन्न गतिविधि गर्न थालेपछि अभियान रोकेर नयाँ राजनीतिक रणनीति तय गर्न लागिएको नेताहरुले बताएका छन ।
समसामयिक राजनीतिक विषयमा पनि छलफल गर्नुपर्ने देखिएकोले अभियान पुनः शुरु गर्ने गरी स्थगित भएको माओवादीले जनाएको छ ।
अभियान अन्तर्गत माआवादी केन्द्रले देशका विभिन जिल्लामा गएर जनतासँग प्रत्यक्ष साक्षात्कर गर्दै आएको थियो ।