>

अस्ट्रेलियाको पूर्वी तटीय क्षेत्रमा समुन्द्री आँधीले तहसनहस, १ जनाको मृत्यु

अस्ट्रेलियाको पूर्वी तटीय क्षेत्रमा आँधीले तहसनहस पारेको छ । शनिबार साँझ क्विन्सल्यान्डको राजधानी ब्रिस्बेनमा अल्फ्रेड नामको आँधी ठोक्किएपछि त्यसले जनधनको क्षति गराएको हो ।

आँधीपछि बाढी आउने क्रम जारी रहेको छ अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएको छ । बाढीमा एक जनाको शव फेला परेको छ अस्ट्रेलियन प्रहरीले जनाएको छ । खोजी अभियानका क्रममा शुक्रबारदेखि बेपत्ता रहेका ६१ वर्षीय पुरुषको शव फेला परेको हो ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

आँधी आएको क्षेत्रका ३ लाखभन्दा बढी घरमा बिजुली अवरुद्ध भएको छ । तीव्र हावाका कारण रूख भाँचिएका छन् भने बिजुलीका तार चुँडिएका छन् । सडकमा बाढीको पानी जमेको छ । आँधीको खतरा अझै टरिनसकेकाले स्थानीय बासिन्दालाई घरभित्रै बस्न र सतर्क रहन अधिकारीहरूले चेतावनी दिएका छन् ।

आँधी मत्थर भएर अहिले वर्षामा परिणत भएको छ । अल्फ्रेड आँधीले नेपालीहरूको समेत उल्लेख्य बसोबास रहेको ब्रिसबेनमा असर पुर्‍याउने पूर्वानुमान गरिएको समाचारमा उल्लेख छ ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

अस्ट्रेलियाका प्रधानमन्त्री एन्थनी अल्बनेजीले गोल्ड कोस्ट भनिने तटीय क्षेत्रमा ‘सबैभन्दा खराब अवस्था आउन बाँकी नै रहेको’ भन्दै सुरक्षाका सम्भावित सबै उपाय अवलम्बन गर्न नागरिक र उद्धारकर्ताहरूलाई निर्देशन दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *