>

तिब्बतमा ५.९ म्याग्निच्युडको भूकम्प, नेपालसम्म धक्का

काठमाडौं । शनिबार काठमाडौँमा भूकम्पको धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार नेपाल–चीन सीमा क्षेत्रमा भूकम्प गएको छ ।

केन्द्रका अनुसार डिंगे काउन्टीमा २ बजेर ३५ मिनेटमा ५.९ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पको जानकारी राख्ने वेबसाइट ईएमएससी ईयूका अनुसार यसको केन्द्रबिन्दु नेपालको लोबुचेभन्दा ९८ किलोमिटर उत्तरपूर्वमा रहेको थियो ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

भूकम्पको धक्का काठमाडौं सहितका जिल्लामा पनि महसुस भएको छ । आज बिहानमात्रै म्याग्दी र बागलुङमा पनि भूकम्प गएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *