काठमाडौं । मकवानपुरको हेटौंडामा एक युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा ७ जना पक्राउ परेका छन् ।
घटनामा संलग्न आरोपितहरु १८ बर्षभन्दा कम उमेरका भएकाले प्रहरीले उनीहरुको पहिचान सार्वजनिक गरेको छैन । हेटौंडा उपमहानगरपालिका २ स्थित वनस्खण्डी मन्दिरको जंगलमा सामूहिक बलात्कारको घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । घटना गत माघ ६ गते भएको हो ।
घटनामा पीडित युवतीले फागुन २१ गते जिल्ला प्रहरी कार्यालय मकवानपुरमा जाहेरी दिएकी थिइन् । पीडितको जाहेरीका आधारमा अनुसन्धान हुँदा फाल्गुन २२ गते जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले ५ जनालाई पक्राउ गरेको थियो । अनुसन्धानकै क्रममा फागुन २३ गते थप २ जना पक्राउ परेका थिए ।
आरोपीहरुलाई मकवानपुर जिल्ला अदालतबाट जबरजस्ती करणी कसुरमा ५ दिन थुनामा राख्न अनुमती लिई अनुसन्धान थालिएको छ । सामूहिक बलात्कार गरेका किशोरहरुले मोबाइलबाट भिडियो समेत बनाएको खुलेको छ ।