>

विवाहेत्तरको सम्बन्धले दुईजना एउटै पासोमा

विराटनगर । हिजो मंगलबार दिउँसो मेरङमा एउटै डोरीले पासो लागेको अवस्थामा मृत भेटिएका युवायुवतीको मृत्युको कारण विवाहेत्तर प्रेम सम्बन्ध रहेको प्रहरीले जानकारी दिएको छ ।

पथरीशनिश्चरे नगरपालिका-५ मौलीबारीस्थित बक्राहा खोलाको किनारमा रहेको पिठारीको रूखको एउटै हाँगोमा झुन्डिएको अवस्थामा पथरीशनिश्चरे–५ का अन्दाजी २४ वर्षीय अजय टुडू र झापाको गौरीगन्ज गाउँपालिका–२ घर की २२ वर्षीया जुबामुनी हस्दा मृत फेला परेका थिए ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

एउटै डोरीले पासो लागेको अवस्थामा फेला परेका उनीहरुको शव सँगै थियो । प्रारम्भिक अनुसन्धानका क्रममा विवाहेत्तरको प्रेम सम्बन्धका कारण आत्महत्या गरेको देखिएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार मृतक दुवै विवाहेत्तर हुन् । दुवैको बच्चा पनि छन् । महिला जुबामुनीका श्रीमान् वैदेशिक रोजगारीका लागि मलेसियामा छन् । अजयको घरमा पत्नी र दुई जना छोरा छन् ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

जुबामुनीका डेढ वर्षका छोरा छन् । इलाका प्रहरी कार्यालय पथरीका डीएसपी मोहनविक्रम दाहालका अनुसार अजयले ती महिलालाई १८ फागुन राति घरमा लिएर आएका थिए ।

घरबाट हराएपछि परिवारले जुबामुनीको खोजी गरिरहेको थियो । प्रहरीले दुवैको शवलाई पोस्टमार्टमका लागि उर्लाबारीको मंगलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टर लगेको छ ।

आज पोष्टमार्टम गरी उनीहरुको शव परिवारको जिम्मा लगाउने तयारी रहेको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार काखे छोरालाई घरमै छाडेर आएकी जुबामुनीलाई अजयले आइतबार राति आफ्नै घरमा लिएर गएका थिए । घरमा खाना खाएपछि उनीहरू बाहिरिएका थिए ।

सोमबार उनीहरु गाउँको बजारमा देखिएका थिए । मंगलबार बिहान उनीहरु घटनास्थल नजिकै गफ गरेर बसेको स्थानीयले देखेका थिए । दिउँसो भने भुण्डिएको अवस्थामा फेला परे ।

प्रहरीका अनुसार परिवारले स्वीकार नगर्ने देखेपछि उनीहरुले आत्महत्याको बाटो रोजेको देखिन्छ । घटना शंकास्पद नदेखिएको बताउँदै डिएसपी दाहालले सम्बन्धलाई परिवारले स्वीकार नगर्ने देखेपछि सल्लाह मै आत्महत्या गरेको जस्तो देखिने बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *