>

सहकारी मन्त्रीका स्वकीय सचिव थापाको मृत्यु, विष सेवन गरेको आशंका

काठमाडौँ। बागमती प्रदेशका सहकारी तथा गरिबी निवारण मन्त्री मदुकुमार श्रेष्ठका स्वकीय सचिव रवि थापाको उपचारको क्रममा मृत्यु भएको छ ।

साथीको कोठामा अचेत अवस्थामा फेला परेका थापाको कलंकीस्थित सहिद मेमोरियल अस्पतालमा उपचारको क्रममा सोमबार राति मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहोराले बताए ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

एसपी बोहोराका अनुसार धादिङको धुनीबेसी नगरपालिका–घर भएका ३६ वर्षीय थापा कलंकीस्थित साथीको कोठामा अचेत भेटिएका थिए । उनले विष सेवन गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ । पाष्टमार्टपछि मात्रै थप जानकारी हुने एसपी बोहोराले बताए ।

धादिङको धुनीबेसी नगरपालिका-८ घर भई काठमाडौँ महानगरपालिका–१४ लिगमार्गस्थित कलंकीमा कोठा लिएर बसेका शिव कुँवरको कोठामा उनी अचेत भेटिएका हुन् ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

उनलाई उपचारका लागि सहिद मेमोरियल अस्पताल लगिएको थियो । उपचारको क्रममा अस्पतालमै उनको मृत्यु भएको एसपी बोहोराले बताए । प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *