काठमाडौं । कारोबारको हुने साताको पहिलो दिन आइताबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले बढ्दा कारोबार रकम पनि बढेको छ । आज नेप्से परिसूचक ११.६६ अङ्कले बढेर २ हजार ७ सय ५५.४० को विन्दुमा कायम भएको हो ।
आज तीन सय २८ कम्पनीको दुई करोड १२ लाख छ हजार कित्ता शेयर एक लाख आठ हजार नौ सय १३ पटक खरिदबिक्री हुँदा रू ११ अर्ब ५४ करोड ८३ लाख ३७ हजार छ सय १२ बराबरको कारोबार भएको छ ।
आज सबैभन्दा बढी हिमालयन रिइन्स्योरेन्स लिमिटेडको ९५ करोड ६४ लाख ५१ हजार तीन सय ६६ बराबरको नौ लाख ९० हजार छ सय ७२ कित्ता शेयर किनबेच भएको छ ।
आजको कारोबारमा बैंकिङ ०.०३, लगानी १.३३, जीवन बिमा ०.८६, उत्पादन तथा प्रशोधन २.७८, म्युचुअल फण्ड ०.०२, निर्जीवन बिमा ०.१३ र अन्य समूह ३.७२ प्रतिशतले बढेको छ । अरु सबै समूहको उपसूचक घटेको छ ।
विकास बैंक ०.४८, वित्त ०.४५, होटल तथा पर्यटन ०.५०, जलविद्युत् ०.५६, लघुवित्त ०.६६ र व्यापार समूह १.३२ प्रतिशतले घटेको हो । गार्डियन माइक्रो लाइफइस्योरेन्स लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै घट्नेमा भने रिलायन्स फाइनान्स लिमिटेडको शेयर मूल्य ७.२४ प्रतिशतले घटेको छ ।