>

उडिसाको केआइआइटीबाट १५९ विद्यार्थी नेपाल फर्किए

वीरगञ्ज । भारतको उडिसा राज्य स्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल ट्रेक्नोलोजी (के.आइ.आइ.टी.) मा अध्ययनरत १ सय ५९ जना विद्यार्थी रक्सौल भएर स्वदेश फर्किएका छन् ।

के.आइ.आइ.टी.मा अध्ययनरत विद्यार्थी प्रकृति लम्सालको शङ्कास्पद मृत्युपछि उत्पन्न विषम परिस्थितिका कारण उनीहरू स्वदेश आएका हुन् । पर्साका सहायक प्रमुख जिल्ला अधिकारी सुमनकुमार कार्कीका अनुसार बिहीबार बेलुका एक सय ५९ जना विद्यार्थी रक्सौल हुँदै स्वदेश आएका हुन् ।

बिहीबार बेलुका नै वीरगञ्जका युवाले लम्साल र सिरहामा बलात्कारपछि ज्यान गुमाएकी रिन्कु सदाले न्याय पाउनुपर्ने माग गर्दै मैनबत्ती जुलुस निकालेका थिए ।

लम्साल र सदाको अस्वाभाविक मृत्यु भएकाले न्यायिक छानबिन हुनुपर्ने उनीहरूको माग छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *