काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले फागुन १५ गते बस्नेगरी केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।
बैठकमा पार्टीको यसअघि भएको पार्टीको केन्द्रीय कार्यसमितिको बैठक, बैठकले गरेका निर्णयहरुको कार्यान्वयन, आन्दोलन, संगठानिक गतिविधिलगायतका विषयमा छलफल हुने बताइएको छ ।
यस्तै पूर्वराजा ज्ञानेन्द्र शाहले देशको उन्नतिका लागि साथ दिन देशबासीलाई आह्वान गरेको विषयमा पनि बैठकमा छलफल गरिने छ । पूर्वराजा शाहले प्रजातन्त्र दिवसको पूर्वसन्ध्याको अवसरमा भिडिओ सन्देश प्रसारण गर्दै राष्ट्र जोगाउन आफूलाई साथ दिन जनतलाई आह्वान गरेका थिए ।