>

कांग्रेसले ‘राष्ट्र निर्माणमा युवाको योगदान र तथ्यमा आधारित प्रचार अभियान’ कार्यक्रम गर्ने

काठमाडौं । नेपाली कांग्रेसले फागुन ९ गतेदेखि २१ गतेसम्म ‘राष्ट्र निर्माणमा युवाको योगदान र तथ्यमा आधारित प्रचार अभियान’ कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

मंगलवार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी दिएको हो । नेपाली कांग्रेसको केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागले अभियान सात वटै प्रदेशमा गर्ने जानकारी दियो । पत्रकार सम्मेलनमा बोल्दै विभागका सचिव गोपालकुमार झाले सात प्रदेशका राजधानीहरूमा गरिने यो कार्यक्रमको उद्देश्य अहिले देशमा देखिएको निराशा चिर्नु रहेको बताए ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

उनले देशमा भएका सकारात्मक कुरामाथि नकारात्मक भाष्य खडा गरेर भए भरका सकारात्मक कुरालाई ढाकछोप गरिएकाले उक्त भ्रम चिर्न अभियान सञ्चालन गर्न लागिएको बताए । उनले देशमा २००७ सालमा नेपाली काँग्रेसले खेलेको भूमिका, देशको विकास निर्माणमा नीतिगत रूपमा खेलेका भूमिकाहरूबारे जानकारी गराइने बताए ।

वरिष्ठ पत्रकार हरिबहादुर थापा र जगत नेपालले अभियानमा दुई वटा कार्यपत्रहरू प्रस्तुत गर्ने बताए । अभियान अन्तर्गत ९ गते विराटनगर, १० गते जनकपुर, १७ गते पोखरा, १८ गते बुटवल, २० गते सुर्खेत र २१ गते धनगढीमा कार्यक्रम हुने बताइएको छ ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

Leave a Reply

Your email address will not be published. Required fields are marked *