अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र एलन मस्कविरुद्ध अमेरिकामा विरोध प्रदर्शन भएको छ ।
राष्ट्रपतिका रुपमा ट्रम्पले पदभार ग्रहण गरे यता गरेका काम र निर्णयमा असन्तुष्टि जनाउँदै सोमबार अमेरिकामा प्रदर्शन भएको हो । ट्रम्पसँगै उनका सहयोगी मस्कको समेत प्रदर्शनकारीले चर्को विरोध गरेका छन् ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार ‘५०५०१ मुभमेन्ट’ नामको समूहले राजधानी वाशिङ्टनमा भेला भएर विरोध प्रदर्शन गरेको हो । ५० राज्यमा ५० विरोध र एक दिनको रूपमा सो मुभमेन्ट नामकरण गरिएको छ ।
मुभमेन्टको नेतृत्व अवकाश प्राप्त शिक्षक यायोभेन बाइसिकले गरेकी छन् । उनीहरूले ट्रम्प प्रजातन्त्र विरोधी हुँदै गएकाले सडकमा उत्रेर प्रदर्शन गर्नु आवश्यक भएको बताएको समाचारमा उल्लेख छ ।