>

परराष्ट्रमन्त्री डा. देउवा र भारतीय विदेश मन्त्री डा. जयशंकरबीच भेटवार्ता

काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र भारतीय विदेश मन्त्री डा. एस जयशंरबीच आज ओमनको राजधानी मस्कटमा द्विपक्षीय भेटवार्ता भएको छ । आठौँ हिन्दमहासागरीय सम्मेलनमा सहभागिताका लागि ओमनको मस्कटमा रहेका उनीहरुबीच आज साँझ भेट भएको हो ।

सो भेटका क्रममा दुवैजनाबीच नेपाल-भारत द्विपक्षीय सम्बन्ध, आपसी हित, साझा चासो र पारस्पारिक लाभका विविध विषयमा कुराकानी भएको थियो । त्यस भेटका क्रममा पछिल्लो समय दुई देशबीचका द्विपक्षीय भेटवार्ता, भ्रमण आदानप्रदान तथा आपसी सहकार्यका विषयमा कुराकानी भएको थियो । हालै काठमाडौँमा सम्पन्न वाणिज्य सचिवस्तरीय तथा भारतको नयाँ दिल्लीमा भएको ऊर्जासम्बन्धी बैठक र तिनको प्रगतिका विषयमा पनि उनीहरुबीच कुराकानी भएको थियो ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

भेटमा मन्त्री डा. देउवाले भारतसँग भएको ऊर्जा व्यापारसम्बन्धी सम्झौताले नेपालबाट भारत तथा भारत भएर बांङ्लादेश विद्युत् निर्यात प्रवर्द्धनमा सहयोग पुर्‍याएको भन्दै भारत सरकारलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो । साथै पछिल्लो समयमा दुई देशबीचको ट्रेड ट्रान्जिट तथा जलस्रोत विकासका क्षेत्रमा भएको प्रगतिबारेमा उनीहरुबीच कुराकानी भएको थियो ।

नेपाल-भारत बांङ्लादेशबीचको त्रिपक्षीय विद्युत् व्यापार सम्झौता नेपालको ऊर्जा क्षेत्रका लागि ठूलो उपलब्धि रहेको उल्लेख गर्दै त्यसका लागि भारतले प्रदान गरेको सहजीकरण उल्लेखनीय रहेको मन्त्री डा. देउवाको भनाइ थियो । भेटमा क्रसबोर्डर विद्युत् व्यापार निर्माणको ‘मोडालिटी’का विषयमा भएको प्रगतिका बारेमा पनि कुराकानी भएको थियो । साथै नेपाल-भारतबीचको व्यापार सन्धिको पुनरावलोकन, गत जनवरी महिनामा काठमाडौँमा भएको नेपाल-भारत इन्टर गभर्मेन्टल कमिटी बैठकमा धेरै क्षेत्रमा भएका उत्पादनमूलक छलफल र निर्णयका साथै धम्रा तथा मुन्द्रा थप बन्दरगाहको सञ्चालनका विषयमा पनि कुराकानी भएको थियो ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

साथै सो भेटका क्रममा भारतीयतर्फबाट अतिरिक्त बन्दरगाह सञ्चालनका लागि भएको प्रगति र यसले सीमा पूर्वाधारको विकास तथा व्यापार प्रवद्र्धन र दुई देशबीचको कनेक्टिभिटीमा सुधार ल्याउने उल्लेख गर्दै मन्त्री डा. देउवाले प्रशंसा गरेकी थिइन् ।

पञ्चेश्वर बहुउद्देश्यीय परियोजनासँग सम्बन्धित प्रमुख प्राविधिक समस्या समाधान भइसकेको तथा हालै भएको दुवै देशको मन्त्रिस्तरीय बैठकबाट यसलाई सकारात्मक रूपमा अघि बढाउने समझदारी भएको विषयमा समेत उनीहरुबीच छलफल भएको थियो ।

सो भेटका क्रममा माथिल्लो अरुण परियोजना अघि बढेकामा भारतीय विदेश मन्त्रीले धन्यवाद व्यक्त गरेका थिए । साथै विदेश मन्त्री डा. जयशकरले बिम्स्टेक संगठनलाई सबै मिलेर अगाडि बढाउनुपर्ने धारणा कुराकानीका क्रममा राखेका थिए

मन्त्री डा. देउवाले नेपालले भारतसँगको सम्बन्धलाई उच्च महत्त्व दिँदै आएको र आगामी दिनमा पनि दुवै देशको साझासहितका लागि भारतसँग सहकार्य गर्न नेपाल सदैव इच्छुक रहेको भारतीय विदेश मन्त्रीसमक्ष बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *