काठमाडौं । सरकारले जारी गरेका अध्यादेशमा सहमति जुटेको सत्तारुढ गठबन्धनमा आबद्ध दलका नेताहरूले बताएका छन । सरकारले हिउँदे अधिवेशन नभएको बेला पारेर ६ वटा अध्यादेश जारी गरको थियो ।
तीमध्ये भूमिसम्बन्धी अध्यादेशमा आफूहरूको असहमति रहेको सो पार्टीले यसअघि नै निर्णय लिएको थियो । सत्तारुढ दल एमाले र कांग्रेसको प्रतिनिधिसभामा प्रष्ट बहुमत भए पनि राष्ट्रिय सभामा उपेन्द्र यादव नेतृत्वको जसपा, नेपाल निर्णायक छ । सत्तारुढ दल लोकतान्त्रिक समाजवादी पार्टीले पनि भूमिसम्बन्धी अध्यादेश स्वीकार नगर्ने बताएको थियो ।
यद्यपि शनिबार बालुवाटारमा बसेको बैठकमा लोसपा अध्यक्ष महन्थ ठाकुर पनि सहभागी रहेका थिए । गृहमन्त्री समेत रहेका कांग्रेस नेता रमेश लेखकले जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र सांसद रापकिशोर यादवसँग छलफल गरेरै सहमति भएको बताएका छन ।
बालुवाटार बैठकबाटै उनीहरूसँग फोन संवाद भएको गृहमन्त्री लेखकले बताएका छन् । उनले भने, ‘जसपा नेपालको उपेन्द्र र राजकिशोरजीसँग फोनमा वार्ता भएको छ । उहाँहरूसँग पनि कुरा भएको छ ।’
अध्यक्ष यादव काठमाण्डू बाहिर भएकाले आजको बैठकमा सहभागी नभएको पनि उनले बताए । उनले भने, ‘काठमाण्डू बाहिर भएकाले फोनमा कुरा भएको छ,’ उनले भने ।
यद्यपि, जसपा नेपालका प्रवक्ता मनिष सुमनले भने अध्यादेशका पक्षमा उभिनेबारे आफूहरूको पार्टीबाट कुनै निर्णय भएको बताएका छन ।