>

सरकारबाट बाहिरिनुपर्ने हुनसक्छः महन्थ ठाकुर

सर्लाही । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) अध्यक्ष महन्थ ठाकुरले आफ्नो पार्टी सरकारबाट बाहिरिन सक्ने बताएका छन् । सर्लाहीमा बिहीबार आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले सरकारमा बस्ने वातावरण नभएको बताए । लोसपाबाट शरतसिंह भण्डारी श्रम तथा रोजगारमन्त्री छन् ।

उनले सरकारले ल्याएको भूमिसम्बन्धी अध्यादेश स्वीकार गर्न नसकिने धारणा सार्वजनिक गरिसकेको अवस्थामा सरकारबाट बाहिरिन पनि आफूहरु तयार रहेको उल्लेख गरे । उनले सरकारबाट बाहिरिनुपर्ने हुनसक्ने भएकाले त्यसका लागि तयार रहन मन्त्री भण्डारीलाई निर्देशन दिए ।

ठाकुरले बुधबार विज्ञप्ति निकालेर विवादास्पद भूमिसम्बन्धी अध्यादेश अस्वीकार गर्ने घोषणा गरेका थिए । लोसपाबाट प्रतिनिधि सभामा ४ र राष्ट्रिय सभामा एक सांसद छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *