>

महिला टी-२०आई शृंखलाको उत्कृष्ट नेपाली खेलाडी बनिन् पूजा महतो

काठमाडौँ। नेपाली क्रिकेट टिमकी अलराउण्डर पूजा महतो काठमाडौँमा सम्पन्न महिला टी-२०आई शृंखलाको उत्कृष्ट नेपाली खेलाडी घोषित भएकी छन् ।

प्रतियोगितामान जितविहीन रहे पनि नेपालका लागि अलराउण्ड प्रदर्शन गरेकी पुजाले उत्कृष्ट नेपाली खेलाडी घोषित हुँदै स्कुटर जितेकी हुन् । उनले प्रतियोगिताभर ६ खेलमा एक अर्धशतकसहित १३४ रन बनाइन्‌ भने ३ विकेट पनि लिइन्।

प्रतियोगिताको उत्कृष्ट खेलाडी भने थाइल्याण्डकी थिपाथ्चा पुथावोङ घोषित भइन् । यस शृंखलाको उपाधि थाइल्याण्डले‌ जितेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *