काठमाडौ । काठमाडौंको कमलपोखरीस्थित शानदार मःमः पसलमा ग्यास लिक भएर आगोलागी हुँदा १४ जना घाइते भएका छन्। आज बिहान पौने ९ बजेको समयमा विष्फोट हुँदा १४ जना घाइते भएका छन् । तीमध्ये ११ जनालाई अस्पताल लगिएको छ भने तीन जना सामान्य छन् ।
घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ । उदयपुरका २४ वर्षीय संजोग मगर गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरुमध्ये पाँच जनालाई कीर्तिपुरको बर्न अस्पतालमा लगिएको छ । अन्यलाई ज्ञानेश्वरको हिमाल अस्पताल र महराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल लगिएको छ।