पोखरा । पोखरामा ‘घुमौं मधेस, बुझौं मधेस’ को ब्यापक प्रचार गरिएको छ । पोखरामा आयोजित महोत्सवमा मधेस प्रदेशका पर्यटकीय, धार्मिक, सांस्कृतिक तथा खानपिन संस्कृतिको ब्यापक प्रचार गरिएको हो ।
पोखरामा गत माघ १० गते देखी जारी ३३ औं औधगिक ब्यापार मेला एवम आइटी महोत्सवमा–२०८१ मधेस चिनाउने काम भइरहेको ‘घुमौं मधेस, बुझौं मधेस’ का कार्यक्रम संयोजक बिकास ठाकुरले जानकारी दिए । ‘यो महोत्सवमा स्टल राखे पछि पोखरावासीहरूले मधेस घुम्ने इच्छा ब्यक्त गर्नु भएको छ,’ उनले भने, ‘मधेसका एेतिहासिक तथा सांस्कृतिक सम्पदाका बारेमा बुझाउने काम भइरहेको छ, धेरैजना उत्साहित हुनु भएको छ ।’ उनका अनुसार ‘घुमौं मधेस, बुझौं मधेस’ को स्टल नम्बर १ वाट मधेसमा रहेका धार्मिक, सांस्कृतिक, पर्यटकीय क्षेत्रवाट जानकारी दिइएको छ भने स्टल नम्बर ४ बाट रौतहटको कटिया र बरमझियाको पेडाँको स्टल राखेर खानाको स्वाद पनि दिइरहेको छ ।
मधेस प्रदेश सरकार, उधोग बाणिज्य तथा पर्यटन मन्त्रालयको कार्यक्रम ‘घुमौं मधेस बुझौं मधेस’ को स्टलमा हालसम्म हजाराै मानिसले अवलोकन गरेका छन भने आगुन्तकहरूलाइ नेपाली र अंग्रेजी दुबै भाषामा प्रकाशित बुकलेट पनि बितरण गरिएको छ ।
सो महोत्सवको उदघाटन नै मिथिलाको झिंझिया र थारू नृत्युवाट सुरू भएकाले नि पोखराले मधेसलाइ महत्व दिएको उनले बताए । ‘पोखरा महोत्सवको उदघाटनवाट नै जुन खालको मधेसको चिनारी गराउने कार्य भयो, यसले हिमालको काखमा रहेकाहरूलाइ मधेसको समथर भुमीमा भ्रमण गर्न उत्साहित र प्रेरित गरेको छ ।’
त्यसो त गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रप्रसाद पौडेलले पनि हिमाल, पहाड र मधेस जोडनका लागि यस्ता कार्यक्रमको बिशेष भुमिका रहनेसमेत जनाएका छन् । ‘हिमालका काखमा रहेकाहरू मधेसको समथर भुमीमा जानु पर्छ, मधेसका समथर भुमीमा रहेकाहरू हिमालको काखमा पुग्नु पर्छ, यसले दुवैतर्फका जनताले सांस्कृतिक तथा अन्य कुराहरू सिक्न र देख्न पाउने छन् ।’ मुख्यमन्त्री पौडेलले सांस्कृतिक आदन प्रदानको कार्यक्रमहरू दुवैतर्फ गरिनु पर्नेमा पनि जोड गरेका छन ।
दर्शकको चाप बढे पछि माघ १७ गतेसम्मका लागि भनिएको महोत्सव अब माघ १९ सम्म जारी रहने भएको छ ।