>

उच्च अदालत पोखरामा रविले दिएको निवेदन दर्ता

काठमाडौं । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जिल्ला अदालत कास्कीको आदेशप्रति चित्त नबुझेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने दिएको निवेदन उच्च अदालत पोखरामा दर्ता भएको छ ।

जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राइको इजलासले रविलाई गत पुस २५ गते ६५ लाख धरौटीमा छाड्न आदेश दिएको थियो । धरौटीमा छाड्ने जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पोखरामा निवेदन दर्ता भएको सूचना अधिकारी निल प्रसाद पनेरुले जानकारी दिएका छन ।

रवि जिल्ला अदालत कास्कीले धरौटीमा छाड्ने आदेशमा चित्त नबुझेपछि साधारण तारेखमा छाड्न माग गर्दै उच्च अदालत पुगेका हुन् । जिल्लाको आदेशमा चित्त नबुझेपछि फौजदारी कार्यविधि संहिताको ७३ नम्बर बमोजिम उच्च गएको रास्वपा सभापति लामिछानेका कानुन व्यवसायी डा. नारायण कडेंलले जानकारी दिएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *