काठमाडौं । पूर्व प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरवहादुर देउवाले अमेरिकी सहायता नियोग (एमसिसी) को पहिले विरोध भए पनि अहिले राम्रो रहेको सबैले थाहा पाएको बताएका छन ।
आज (बुधबार) कांग्रेसको आर्थिक नीति तथा योजना विभागले आयोजना गरेको ‘नेपालको सन्दर्भमा वैदेशिक सहायताको उपयोग’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले यस्तो दाबी गरेका हुन । सभापति देउवाले भने, ‘एमसिसी पास गर्ने बेलामा, सही छाप गर्ने बेलामा अमेरिकी राजदूत आएर भने ।
मलाई पहिला थाहा थिएन बुझेपछि राम्रो थियो, ‘तर धेरै विरोध भयो, संसदमा पास गर्ने बेला । अहिले धेरैलाई थाहा भयो कि त्यो धेरै राम्रो प्रोजेक्ट रहेछ भन्ने।’ पहिला अनेक डर देखाउनेले अहिले अनुदानमा आएको परियोजना देख्दा राम्रो रहेको भन्न थालेको देउवाले बताए ।
नेपालले आफ्नो विकासमा कस्तो ऋण लिने ? कस्तो अनुदान लिने भन्ने विषयमा गम्भीर भएर ध्यान दिनुपर्ने देउवाले बताएका छन ।